कर्पोरेट

७० करोड बढीको जडिबुटी निकासी

बाँके ।  जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट ९ महिनामा ७० करोड रुपैयाँभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ । विभिन्न समस्या र अवरोधका बावजुद चालु आवको साउनदेखि चैतसम्म ९ महिनाको अवधिमा ७० करोड रुपैयाँको जडिबुटी निकासी भएको हो ।