+

सुन तोलाको एक लाख २६ हजार

काठमाडौँ ।  नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी  छ । 

छापावाल सुनको मूल्य आइतबार प्रतितोला एक लाख २६ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला  एक लाख २५ हजारमा कारोबार भएको सुन आज प्रतितोला  एक हजारले बढेर नयाँ उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  एक लाख २५ हजार ४ सय रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला  एक लाख २४ हजार ४ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  पाँच रुपैयाँले बढेर  एक हजार ४ सय ७५ रुपैयाँ पुगेको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रति औँस दुई हजार एक सय ७८ डलर आसपास कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै