+

फेरि दुई हजार ९ सयले बढ्यो सुन

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३२ हजार ७ सय रुपैयाँ मा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो ।

तेजाबी सुनको मूल्य पनि प्रतितोला २ हजार ९ सयले बढेर एक लाख ३४ हजार ९ सय ५० रुपैयाँ छ । शुक्रबार तेजाबी सुन एक लाख ३२ हजार ५० रुपैयाँ कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि उकालो लागेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार ६ सय ७० निर्धारण भएको छ । शुक्रबार चाँदीको मूल्य एक हजार ६ सय १५ रुपैयाँ मा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै