+
नेपालकैरन निगरानी

बस्तीबीचमा क्रसर उद्योग, साढे ४ सय परिवारको उठिबास

निर्मल अधिकारी

सर्लाही ।  लालबन्दी नगरपालिकामा  क्रसर उद्योगका कारण ४ सय ५० घरपरिवार रहेको बस्ती विस्थापित हुने अवस्थामा पुगेको छ । नगरपालिकाको वडा नम्बर १७ स्थित साहेवगञ्जमा मापदण्ड विपरीत क्रसर उद्योग संचालन गरिएपछि सिंगो बस्तीनै  विस्थापित  हुने अवस्था भएको हो ।  घना बस्तीबीचमा मापदण्ड विपरित संचालनमा रहेको ‘प्रिन्स क्रसर उद्योग’का कारण यहाँका स्थानीय धुवाँ र धुलोले निस्सासिएर उकुसमुकुस भएका छन् ।  

पर्यटन बोर्डको सिइओ छनोट नगर्न अदालतको आदेश

नेपालकैरन

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोटसम्बन्धी कुनै पनि काम तत्काल नगर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले सोमबार बोर्डका प्रमुख कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै पनि काम नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । 

महोत्तरीको मठिहानीमा आगलागी, सय घर जले

नेपालकैरन

महोत्तरी ।  मठिहानीमा भीषण आगलागी भएको छ ।  मठिहानी  नगरपालिका वडा नम्बर ६ स्थित मदरसा टोलमा बुधबार भीषण आगलागी भएको हो । मदरसा टोलमा आगलागीबाट  अहिलेसम्म एक सय भन्दा बढी घर जलेको प्रहरीले जानकारी दिएको छ  । 

समाचार

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वनमा पोखरी

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वनमा पोखरी

म्याग्दी । म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालिएका छन्। मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा जिल्लाका १० सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालेको हो । 

राजनीति

अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेटवार्ता

अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेटवार्ता

काठमाडौँ ।  नेपालका  बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगका सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएका वित्तीय विकास संस्था (डेभलपमेन्ट फाइनान्स इन्सिच्युसन) को प्रतिनिधिमण्डलले आज अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेटवार्ता गरेको छ । 

त्रिपालको ओतमुनि तातोपानी कुण्ड बिरामीलाई सास्ती

त्रिपालको ओतमुनि तातोपानी कुण्ड बिरामीलाई सास्ती

म्याग्दी ।  रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्डमा त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि जस्तापाताको छाना नहाल्दा त्रिपालको ओतमुनि बसेर बिरामी कुण्डमा डुब्न वा स्नान गर्न बाध्य छन् ।

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ ।  सिटीसी र अर्थोडक्स चिया भारत निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ ।

नेपालगञ्जमा ‘नेपाल–युरोपियन युनियन’ फिल्म महोत्सव

बाँके । युरोपियन युनियन र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्षका अवसरमा नेपालगञ्जमा ‘नेपाल–युरोपियन युनियन’ फिल्म महोत्सव आयोजना गरिएको छ । महोत्सवको नारा ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्ष सांस्कृतिक विविधताको उत्सव’ रहेको छ ।

गशिप सबै

खेलकुद

राष्ट्रिय क्रिकेटः गण्डकी प्रदेश विजयी

राष्ट्रिय क्रिकेटः गण्डकी प्रदेश विजयी

काठमाडौँ ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी(ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई आज चार विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशीले प्रस्तुत गरेको एक सय ५६ रनको लक्ष्य गण्डकीले १९ दशमवल पाँच ओभरमा छ विकेट गुमाउँदै पूरा गर्‍यो । 

अन्तराष्ट्रिय

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

काठमाडौँ । जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साता अर्को चिसो चन्द्र रातमा जीवित रहेपछि तेस्रो पटक बिउँझिएको मुलुकको अन्तरिक्ष एजेन्सीले बुधबार बताएको छ । ‘एसएआइएमले ३ रातसम्म जीवित रहेपछि आफ्नो मुख्य काम जारी राखेको छ’ जाक्साले भनेको छ ।

फिचर

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक

नुवाकोट । नुवाकोटको प्रसिद्ध जात्रा भैरवी वर्ष बन्धन (सिन्दूरे जात्रा)  को विशेष रौनक जारी छ । भैरवी वर्ष बन्धनको सिन्दूरे जात्राअन्तर्गत लिङ्गो उठाएसँगै भैरवीदेवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको लावालस्कर मङ्गलबार राति देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिरमा पुराइने गरिन्छ ।

सूचना-प्रविधि

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

काठमाडौँ । चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम बङ्गलादेशमा ल्याएको छ । यसले मोबाइल प्रविधिको आविष्कारमा महत्त्वपूर्ण फड्को मारेको छ । 

अन्तर्वार्ता

कतारका अमिरको भ्रमण परिणाम चाँडै आउँछ : मन्त्री बस्नेत

कतारका अमिरको भ्रमण परिणाम चाँडै आउँछ : मन्त्री बस्नेत

काठमाडौँ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका  तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमणका क्रममा केही महत्वपूर्ण सहमति एवम् समझदारी पनि भएका छन् ।  अमिरको भ्रमणको समग्र व्यवस्थापन लगायतका काममा सरकारले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई जिम्मेवारी दिएको थियो । उहाँ भन्नुहुन्छ– दुई दिने भ्रमणमा म उहाँको साथमै रहेँ । उहाँसँगको सामिप्यताबाट कतारका अमिरले नेपाललाई माया पनि गर्नुहुने र कतारमा कार्यरत नेपाली श्रमिकमाथिको उच्च भरोसा र सम्मान रहेको पाएँ । 

कृषि-पर्यटन

सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै

सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै

पोखरा । पृथ्वी राजमार्गअन्तर्गत लामेआहालबाट करिब तीन सय मिटर उचाइमा रहेको कालिका मन्दिर एक सय वर्षभन्दा अघिदेखिको इतिहासको साक्षी हो । रमणीय थुम्कोमा रहेका कारण पोखराको विन्दुवासिनी, भद्रकाली, पृथ्वी राजमार्गमा पर्ने अकला मन्दिर जस्तै यो स्थल धार्मिक पर्यटनको आकर्षक केन्द्र बन्ने विश्वास लिइएको छ ।

प्रवास

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

पोर्चुगल । सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो ।

साहित्य

‘राष्ट्र सेवा तथा आदर्श पुरस्कार’ प्रदान

‘राष्ट्र सेवा तथा आदर्श पुरस्कार’ प्रदान

काठमाडौँ ।  सामाजिक क्षेत्रमा काम गर्दै आएको मातृभूमि सेवक सङ्घ तथा डा विहारीलाल श्रेष्ठ स्मृति कोषद्वारा समाजसेवाका क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरेका व्यक्ति तथा संस्थालाई पुरस्कार प्रदान गरेको छ ।

विचित्र संसार

मलद्वारमा बोतल अड्किएको देखिएपछि...

मलद्वारमा बोतल अड्किएको देखिएपछि...

गोरखा । गोरखाका एक पुरुष आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगे । ती पुरुषको मलद्वारमा अड्किएको धातुको बोतल निकालिएको गोरखा अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिनुभएको छ ।

राम्रो नेपाल

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा ।  के तपाइँ धनकुटा पुग्नुभएको छ ?  यदि पुग्नुभएको छ भने अवश्य नरिवलको बिस्कुट खान नभुल्नुस् । मिठो स्वादसहितको बिस्कुट आफन्तलाई कोसेलीको रुपमा लैजान पनि सक्नुहुन्छ । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको रुपमा किन्ने गरेका छन् ।

विचार

लोकतन्त्र दिवसको सान्दर्भिकता

लोकतन्त्र दिवसको सान्दर्भिकता

एकराज पाठक
काठमाडौँ ।
  आज १८औँ लोकतन्त्र दिवस । तत्कालीन राजा ज्ञानेन्द्र शाहले त्यसअघि विगठित संसद्को पुनःस्थापना गरी ‘जनताको नासो जनतालाई नै फिर्ता गरेको’ र आफू देशको कार्यकारी प्रमुखबाट हटेको घोषणा गरेको विसं २०६१ वैशाख ११ गतेको स्मरण गर्दै लोकतन्त्र दिवस मनाइन्छ । यसरी नेपालमा लोकतन्त्र स्थापना भएको आज १७ वर्ष पूरा भएको छ । देशभर १८औँ लोकतन्त्र दिवस मनाइँदै छ ।

जीवनशैली

होमस्टेले फेरियो डेढगाउँको दराई बस्ती

होमस्टेले फेरियो डेढगाउँको दराई बस्ती

नवलपुर । नवलपुर डढगाउँको परिचय फेरिएको छ । दराई समुदायको बसोबास रहेको बौदीकाली गाउँपालिका– २ डेढगाउँमा २०७५ सालदेखि होमस्टे सञ्चालन गरिएपछि गाउँको परिचय बदलिएको हो  ।  

मल्टिमिडिया

गोडाले लेखेर एसइई परीक्षा दिँदै

गोडाले लेखेर एसइई परीक्षा दिँदै

श्रृङ्गा जनता माविमा अध्ययनरत ऋषिराम कँडेल बिहीबार रुरु क्षेत्र गाउँपालिको जनबोध माध्यमिक विद्यालय परीक्षा केन्द्रमा गोडाले लेखेर एसइई परीक्षा दिँदै । तस्बिर जनार्दन घिमिरे/रासस

अपराध

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर ।  भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । विसं २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।