+

फेरि बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ ।  नेपाली बजारमा सुनको मूल्यले फेरि कीर्तिमान कायम गरेको छ । सुनको मूल्य बिहीबार प्रतितोला एक हजार रुपैयाँले बढेको उच्च मूल्य कायम भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला  एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज  एक लाख ३४ हजार रुपैयाँ पुगेको छ । 

तेजाबी सुन बुधबार प्रतितोला १ लाख ३२ हजार ३ सय ५० रुपैयाँ मा कारोबार भएकामा आज एक लाख ३३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ । 

बिहीबार चाँदीको मूल्य समेत तोलामा ४० रुपैयाँले बढेको छ ।  बुधबार प्रतितोला एक हजार ६ सय १० रुपैयाँमा किनबेच भएको चाँदी  आज एक हजार ६ सय ५० रुपैयाँ पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै