+

तोलामा एक हजार ६ सयले बढ्यो सुन

काठमाडौँ । सुनको भाउ प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको छ । 

छापावाल सुन सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन आइतबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार तेजाबी सुन  सोमबार प्रतितोला एक लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।  तेजाबी सुन आइतबार प्रतितोला एक लाख २९ हजार ४ सय रुपैयाँ थियो ।

सोमबार चाँदीको मूल्य प्रतितोला  १० रुपैयाँले बढेको छ । चाँदी आइतबार प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँँमा कारोबार भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै