+

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ । साता कारोबारको दोस्रो दिन  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  परिसूचक दोहोरो अंकले घटेको छ । 

सोमबार नेप्से परिसूचक १६ दशमलव ८२ अंकले घटेर २ हजार ६ दशमलव ५२ को बिन्दुमा अडिएको छ । आज ३ सय १४ कम्पनीका ७२ लाख २३ हजार ७ सय ७३ कित्ता शेयर, ५० हजार ५ सय २४ पटक खरिदबिक्री हुँदा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ रुपैयाँको कारोबार भएको छ ।

सोमबार सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ६४, उत्पादन तथा प्रशोधन एक दशमलव ५९ र होटल तथा पर्यटन समूह एक दशमलव १५ प्रतिशतले घटेको छ ।

माछापुच्छ्रे डिभेञ्चर २०८७ को शेयर मूल्य ७ दशमलव ०९ र मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७ दशमलव ०५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी लिमिटेडको १७ करोड ७३ लाख ६८ हजार २ सय ९५ रुपैयाँ बराबरको पाँच लाख २७ हजार ९ सय २६ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै