+

फेरि बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको भाउ शुक्रबार फेरि बढेको हो ।
 
बिहीबार प्रतितोला १ लाख २७ हजार ९ सयमा कारोबार भएको छापावाल सुन आज १ लाख ३० हजार पुगेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख २७ हजार ३ सयमा कारोबार भएको तेजाबी सुन आज १  लाख २९ हजार ४ सय रुपैयाँमा किनबेच भएको छ । 

शुक्रबार चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला  एक हजार पाँच सय १० मा कारोबार भएको चाँदी आज  एक हजार पाँच सय २५ रुपैयाँ पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै