+

तोलामा २ हजारले बढ्यो सुन

काठमाडौँ । सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेको छ । 

बुधबार तोलामा  १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १  लाख ३६ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजावी सुन  आज प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपैयँँका किनबेच भएको छ । तेजावी सुन बुधबार तोलाको १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।  

आज चाँदीको मूल्य समेत बढेको छ । बुधबार प्रतितोला १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै