+

एक सातामा १३ सय ७० रुपैयाँले बढ्यो सुन

काठमाडौँ ।  स्थानीय बजारमा यस साता सुनको मूल्य प्रति  दस ग्राम १ हजार३  सय ७० रुपैयाँले बढेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार प्रति दस ग्राम १ लाख ७ सय ४० रुपैयँँमा कारोबार भएको थियो । शुक्रबार १ लाख २  हजार १ सय १० रुपैयाँमा  कारोबार भएको छ ।

नेपाली बजारमा पनि यो साता सुनको मूल्य बढ्यो । स्थिर रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमबार बढेर त्यसपछि दुई दिन केही घटे पनि बिहीबारदेखि  पुनः बढेको थियो ।

महासङ्घका अनुसार यो साता पनि विश्व बजारमा सुनको मूल्य बढेको छ । अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने सङ्केत गरेसँगै बढेको सुनको मूल्यमा विभिन्न मुलुकमा जारी द्वन्द्वले थप असर पारेको बिश्लेषकहरूले बताएका छन् । उनीहरूले नयाँ वर्षमा सुनको मूल्यले रेकर्ड कायम गर्न सक्ने आँकलनसमेत गरेको महासङ्घले उल्लेख गरेको छ ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार १ हजार २  सय २२ मा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम दिन शुक्रबार प्रति १० ग्राम १  हजार २ सय ६० कायम भएको  महासङ्घका कार्यवाहक महासचिव किरणभाइ बज्राचार्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै