+

सुन-चाँदीको मूल्य घट्यो

काठमाडौँ ।  नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार घटेर  एक लाख २५ हजार रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन प्रतितोला एक हजारले घटेर एक लाख २४ हजार ४ सय रुपैयाँ मा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ३० रुपैयाँ  घटेरप्रतितोला  एक हजार ४ सय ६५ रुपैउयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य कमीसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै