+

मुक्तकम्लरीको सहकारीलाई सहयोग

दाङ । मुक्तकम्लरीले सञ्चालन गरेको तुलसीपुर–१८ स्थित गन्यारी कृषि सहकारी संस्थालाई सहयोग प्राप्त भएको छ । कुखुरापालन गर्न सहकारी संस्थालाई पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रले एक लाख २६ हजार रुपैयाँ प्रदान गरेको छ । 

कम्लरी मुक्त भएपछि उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउनुपर्ने भन्दै हकारीलाई सहयोग गरिएको केन्द्रका अध्यक्ष डिल्ली रावतले बताउनुभयो । उहाँका अनुसार पाँच सय बढी महिला उक्त सहकारीमा आवद्ध छन् । सहकारीले यसअघि रैथाने सिमठारो धान पनि उत्पादन गरेको थियो । जग्गा भाडामा लिएर विभिन्न तरकारीखेती गर्दै आएको संस्थाका अध्यक्ष लक्ष्मी चौधरीले बताउनुभयो ।
 
रकम हस्तान्तरण गर्नुहुँदै लुम्बिनी प्रदेशका निवर्तमान पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले मुक्तकम्लरीलाई आत्मनिर्भर बनाउन सहयोग गरेकामा केन्द्रको सराहना गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै