+

सुनको भाउ २८ सयले बढ्यो, तोलाको कति ?

काठमाडौँ ।  सुनको भाउ २ हजार ८ सय रुपैयाले बढेको छ ।  भाउ वृद्धिले ऐतिहासिक रेकर्ड राखेर घट्न थालेको सुन बिहीबार फेरि अप्रत्यासित उकालो लागेको हो । 

छापावाल सुन बिहीबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा बिनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  छापावाल सुन बुधबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा किनबेच भएको थियो । 

महासंघका अनुसार बिहीबार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपैयाँ खरिदबिक्री भएको छ । तेजाबी सुनको भाउ बुधबार प्रतितोला १ लाख १५ हजार ४ सय ५० रुपैयाँ थियो ।

महासंघका अनुसार बिहीबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेको छ ।  चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै