+

नयाँ वर्षसँगै ह्वात्तै घट्यो सुनको भाउ

काठमाडौँ ।  नयाँ वर्ष शुभारम्भसँगै सुनको भाउ ह्वात्त घटेको छ । सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा तोलामा २ हजार २ सयले रुपैयाँले घटेको हो । 

छापावाल सुन आइतबार प्रतितोला एक लाख ३६ हजार ८ सय रुपैयाँमा किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य पनि प्रतितोलामा २ हजार २ सय रुपैयाँले घटेर  एक लाख ३६ हजार एक सय ५० कायम भएको छ । 

आइतबार चाँदीको मूल्य समेत घटेको छ ।  चाँदी अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले घटेर  एक हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै