+

तोलामा ६ सयले बढ्यो सुन

काठमाडौँ । सुनको भाउ सोमबार  तोलामा ६ सय रुपैयँँले बढेको छ । 

छापावाला सुन समेमबार प्रतितोला एक लाख ३६ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन आइतबार तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ थियो । सोमबार तेजाबी सुनको मूल्य एक लाख ३५ हजार ५ सय ५० रुपैयाँँ तोला पुगेको छ । तेजाबी सुन आइतबार तोलाको एक लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य समेत बढेको छ । आइतबार तोलामा एक हजार ६ सय ७० मा कारोबार भएको चाँदी सोमबार एक हजार ६ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै