+

तोलामै ५ सयले बढ्यो सुनको भाउ

काठमाडौँ ।  सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । 

छापावाला बुधबार प्रतितोला एक लाख ३६ हजार ८ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  छापावाला सुन मंगलबार एक लाख ३६ हजार ३ सय रुपैयाँ तोला थियो । 

महासंघका अनुसार तेजावी सुनको भाउ बुधबार एक लाख ३६ हजार १ सय ५० रुप्रैयाँ तोला भएको छ । तेजावी सुन मंगलबार प्रतितोला  एक लाख ३५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य समेत सामान्य रुपमा बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार ७ सय रुपैयाँँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै