+

प्रतितोला सात सयले बढ्यो सुन

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला  सात सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला  एक लाख २५ हजार दुई सय कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो । 

तेजावी सुन पनि प्रतितोला  सात सय रुपैयाँले वृद्धि भएको छ । महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला एक लाख २४ हजार ६ सय रुपैयाँ कायम गरेको छ । सोमबार तेजावी सुन प्रतितोला  एक लाख २३ हजार ९ सय रुपैयँँ मूल्यमा कारोबार भएको थियो । 

चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला  एक हजार पाँच सय २० मा कारोबार भएको चाँदी आजका लागि एक हजार पाँच सय २५ रुपैयाँ निर्धारण भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै