+

घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा २ हजार ७ सय  रुपैयाँले ओरालो लागेको छ ।

सोमबार तोलामा १ लाख ३८ हजार दुई सय  रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ३५ हजार ५ सय  रुपैयाँमा कारोवार भइरहेको छ । 

तेजाबी सुन सोमबार तोलामा १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने १ लाख ३४ हजार ८ सय ५०  रुपैयाँ निर्धारण भएको छ । 

महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा ४५  रुपैयाँले गिरावट भएको छ । सोमबार प्रतितोला १ हजार ७ सय ५  रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ६ सय ६०  रुपैयाँ निर्धारण भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै