+

९ महिनामा एक अर्ब ७८ करोड राजस्व

कैलाली ।  आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका ९ महिनामा  एक अर्ब ७८ करोड ९८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा उल्लेखित राजस्व सङ्कलन गरेको हो ।

आयकरबाट  एक अर्ब एक करोड ६७ लाख, मूल्य अभिवृद्धि करबाट  ६२ करोड १० लाख, अन्तःशुल्कबाट  १० करोड ५६ लाख, ब्याजबापत ३ करोड ७० लाख, बहाल करबाट ९१ लाख र स्वास्थ्य सेवा करबाट १ लाख रुपैयाँ राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय धनगढीका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयको चालु आवका ९ महिनामा २ अर्ब १० करोड ९६ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा लक्ष्यको ८४ दशमलव ८४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको छ । चालु आवमा ३ अर्ब ८ करोड ४१ लाख राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेकामा ९ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ५७ दशमलव ८० प्रतिशत रहेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

‘करदाताको कारोबारमा कमी आएको छ, बहाल करको दायरा घटेको छ, पूँजीगत खर्च कम छ’ उहाँले भन्नुभयो, ‘आर्थिक क्रियाकलाप घटेको छ, जसले गर्दा राजस्व सङ्कलनमा कमी आएको छ ।’ कार्यालयको आव २०७९/८० मा ३ अर्ब ३६ करोड राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । जुन वार्षिक लक्ष्यको ७६ दशमलव ७८ प्रतिशतमात्रै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै