+

राष्ट्रपति र जापानका विदेशमन्त्री भेटवार्ता: हिमाल जोगाउनेबारे छलफल

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र  नेपाल भ्रमणमा आउनुभएका जापानका परराष्ट्रमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ  । उहाँहरुबीच आइतबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गर्नुभएको हो । 

भेटवार्तामा राष्ट्रपतिले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहले जलवायु परिवर्तनको असर न्यूनीकरणका सन्दर्भमा अत्यन्त गम्भीर भइदिन आग्रह गर्नुभएको  उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी गिराृनुभएको छ । 

प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपतिले एशियाका ज्योति गौतम बुद्धको सन्देश प्रवाहित भएदेखि नै नेपाल जापानबीच सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै दुई देशबीच समस्यारहित सम्बन्ध रहेको र नेपालले सधेँ जापानको उच्च सद्भाव महशुस गरेको पनि बताउनुभएको थियो। 

नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपतिले नेपाल र जापानबीचको आर्थिक सहयोग र सहकार्यका क्षेत्र थप विस्तार हुने विश्वास व्यक्त गर्नुभएको थियो । 

हामीले जनस्तरको सम्बन्ध फराकिलो बनाउन प्राथमिकता दिनुपर्ने जनाउँदै उहाँले जापानसँगको धार्मिक–सांस्कृतिक समानता एवं नेपालको प्राकृतिक सुन्दरताका कारण नेपालमा थप जापानी पर्यटक आउने विश्वास व्यक्त गर्नुभएको थियो । 

त्यस अवसरमा अवसरमा जापानका विदेशमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि चिन्तित रहेको उल्लेख गर्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताउनुभएको छ । 

उहाँले सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पुर्याउने लक्ष्य राखेको जनाउँदै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वैकल्पिक ऊर्जाको प्रयोगका निम्ति प्रविधिमा ठूलो क्रान्ति गर्न सबै मिलेर अगाडि बढाउने बताउनुभएको थियो । नेपालको विकास  र स्थिरता यो क्षेत्रकै लागि आवश्यक महशुस गरेर जापानले नेपालको विकासमा हरतरहको सहयोग गर्ने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै