+

बेकरीबाट मनग्य आम्दानी गर्दै युवा

कैलाली । कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश मानिसहरु रोजगारीका लागि भारत जाने थालेको लामो समय भइसक्यो । भिसा पनि नचाहिने र रोजगारी पनि पाइने भएकाले यहाँका अधिकांश वर्षेनी भारत प्रवेश गर्छन् ।

भारतको मुम्बई, दिल्ली, सुरत, पुना, पञ्जाब, बैङ्लोर, हरियाणा, ऋषिकेश लगायतका स्थान रोजगारीका लागि नेपालीको रोजाइमा पर्ने शहर हुन् । तर धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीका आशीषराज शर्मा भने स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि जागिर दिनुभएको छ । 

उहाँले अहिले त्यही ठाउँमा ‘हप्पी होम बेकरी एण्ड क्याफे’पाउरोटी उद्योग खोली व्यापार गर्दै आउनुभएको छ । उक्त उद्योगमा उहाँले स्थानीय र भारतीय गरी पाँच जनालाई कामदारका रुपमा रोजगारी दिनु भएको छ । 

कामदारलाई मासिक  १६ हजारदेखि  २८ हजार रुपैयाँसम्म मासिक तलब दिँदै आउनुभएको छ । उहाँले १२ जनाको परिवारको जोहो यसैबाट पु¥याउँदै आउनुभएको छ । पुख्र्यौली घर अछामबाट एसएलसी पास गरी अध्ययनका लागि काठमाडौँ जानुभएका उहाँले प्रमाणपत्र तह अध्ययन पूरा गर्नुभएको छ । 

बेकरी उत्पादनमा सीप भएका भिनाजुसँग सीप सिकेर उहाँले सुरुमा धनगढीको मिलनचोकमा पाउरोटी उद्योग सञ्चालन गर्नुभयो । तर हा भने उहाँले धनगढीको बैयाबेहडीमा उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।पाउरोटी उद्योगबाट औसतमा मासिक  १० लाख रुपैयाँ कारोबार हुने गरेको उहाँको भनाइ छ । उहाँले खर्च कटाएर रु एक लाख बचत हुने गरेको बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै