+

साताको पहिलो कारोबारमै ओरालो लाग्यो नेप्से

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो दिनमै ओरालो लागेको छ । 

आज नेप्से परिसूचक २४ दशमलव ५८ अंकले ओरालो लागेर १ हजार ९ सय ७४ दशमलव ३७ मा सीमित भएको छ । कूल ९७ लाख ६२ हजार ८ सय ३ कित्ता शेयर ३अर्ब ७९ करोड ५७ लाख ४८ हजार २ सय ९६ रुपैयाँमा कारोबार भएको छ । 

स्टकका अनुसार कारोबारका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा छ । त्यो कम्पनीको १२ करोड ६४ लाख ९९ हजार सय ५३ रुपैयाँ बराबरको कारोबार भयो ।  डोल्टी पावर ९ दशमलव  ५६, साधना लघुवित्त ८ दशमलव  ७२, समता घरेलु लघुवित्त ८ दशमलव  ७२, कुमारी बैंकको ऋणपत्र ४ दशमलव शून्य ३ र नबिल ब्यालेन्स फण्ड तेस्रोका लगानीकर्ताले ३ दशमलव ८९ प्रतिशतले कमाएका नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

पिपल्स पावर ९ दशमलव ९२, सिँगटी हाइड्रोपावर इनर्जी ७ दशमलव ५५, हिमालयन डिस्टिलरी ६ दशमलव ३३, जानकी फाइनान्स ५ दशमलव ६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले भने ५ दशमलव २३ प्रतिशत घाटा बेहोर्नुपरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै