मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा आज वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई आज वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले बताउनुभयो ।
मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णयगरेअनुसार वैशाख २४ गते बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ । आज प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, सङ्घ संस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा हुने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर