ललितपुर । ललितपुर महानगरपालिकाको वडा नम्बर १७ स्थित बाफलमा आगलागी हुँदा ३ बालबालिकासहित ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले आज बिहान बाफलस्थित मोबिल सङ्कलन गरी राखिएको एक टहरोमा आगलागी हुँदा ३ बालबालिकासहित ५ जना घाइते भएका जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
आगलागीबाट रौतहट जिल्ला घर भई हाल बाफल बस्ने सञ्जय गिरी र रुपा गिरी लगायत उहाँका तीन वर्षीया प्रीया गिरी, आठ वर्षीया एसीला गिरी, १५ वर्षीया मीत गिरी घाइते हुनुभएको छ ।
अहिले आगो निभाइसकिएको आइसकेको सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर