+

तोलामा १ हजार १ सयले घट्यो सुन

काठमाडौँ । बिहीबार अकस्मात् उचाईमा पुगेको सुनको भाउ आज भने घटेको छ । 

सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघ  अनुसार बिहीबार प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ३५ हजार ४ सय रुपैयाँमा झरेको छ ।

बिहीबार तोलामा १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा किनबेच भएको छ । 

शुक्रबार चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा एक हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै