+

कर्णाली किड्स कप : छत्रपाल आधारभूत विद्यालय सेमी फाइनलमा

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा शुक्रबारदेखि जारी ‘कर्णाली किड्स कप २०८१’ अन्तर्गत आज सेमी फाइनलका खेल भएका छन् ।

सेमिफाइनमा जनकल्याण आधारभूत विद्यालय र छत्रपाल आधारभूत विद्यालयबीच भएको खेलमा छत्रपाल आधारभूत विद्यालय २–० गोलले विजयी भएको आयोजक रेडियो श्रीनगर एफएमका संस्थापक अध्यक्ष नवराज महताराले जानकारी दिनुभएको छ । 

मष्टादेव प्राथमिक विद्यालय र सूर्योदय माध्यामिक विद्यालयबीच भएको खेलमा सुर्योदय ७–१ गोलले विजयी भएको छ । अब मङ्गलबार छत्रपाल आधारभूत विद्यालय र सूर्योदय माध्यामिक विद्यालयबीच प्रथम उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा प्रथम हुने समूहलाई  ३० हजार, दोस्रोलाई २० हजार र तेस्रो हुनेलाई  १० हजार नगदसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिनेछ । प्रतियोगितामा ११ समूहको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै