काठमाडौँ । नेपाल र वेष्टइण्डिज ए बीचको चौथो टी-२० खेल आज हुँदैछ । आजको खेल दिउँसो १२:१५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ ।
पाँच खेलको श्रृंखलामा वेष्टइण्डिज ए २-१ ले अघि छ । श्रृंखला जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नै पर्ने हुन्छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछिका दुई खेलमा १० रन र ७६ रनले पराजित भएको थियो । नेपालले बुधबार अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरेको थियो ।
यसअघि तीन खेलमा विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली टुङ्गो लगाउन नेपालले परीक्षण मात्रै गरेको थियो । त्यसैले आफ्नो उत्कृष्ट प्लेइङ ११ मैदान उतार्न पाएको थिएन । तर आज नेपालले विश्वकप खेल्ने प्लेइङ ११ मैदान उतार्ने सम्भावना छ । विश्वकपमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्नुअघि नेपालको राम्रो परीक्षा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर