+

चलचित्र दर्शकको रुचि अनुरुप हुनुपर्छ : निर्देशक लामिछाने

काठमाडौँ  । चलचित्र निर्देशक घनश्याम लामिछानेले निर्माता तथा निर्देशकले दर्शकको नजरबाट चलचित्र बनाउनुपर्ने बताउनुभएको छ ।

आज कमलपोखरीस्थित एक चलचित्र भवनमा ‘लन्डन टु पेरिस’ को जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चलचित्रको श्रव्यदृश्य सार्वजनिक गर्दै लामिछानेले दर्शकलाई ध्यानमा राखेर चलचित्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । बेलायतमा छायाङ्कन गरिएको त्यस चलचित्रमा पनि कुनै सम्झौता नगरेको उहाँको भनाइ छ ।

‘हामीले विदेशी दृश्यलाई छायाङ्कन गर्दा इजाजत लिएर गर्ने गरेका छौँ । यो किसिमको औपचारिकता र भव्यता मैले अहिलेसम्म अन्य नेपाली चलचित्रमा देखेको छैन’ निर्देशक लामिछानेले भन्नुभयो– ‘यो भ्रमणका क्रममा भेटिने जोडीको प्रेम कथा हो । त्यही अनुसार चलचित्र निर्माण गरेका छौँ ।’ उहाँले युवा पुस्तालाई प्रेम र यसको महत्व दर्शाउन चलचित्र सफल हुने बताउनुभयो । 

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो पुस्ताको कथालाई चलचित्रमा प्रस्तुत गरिएको बताउनुभयो । ‘यो हाम्रो पुस्ताको प्रेम कथा हो । यसले हाम्रो पुस्तामा देखिएका मतभेद र समस्यालाई पहिचान गर्न मद्दत गराउँछ’ उहाँले भन्नुभयो । 

चलचित्रमा अभिनेत्री शाहसँगै कविर खड्का, रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारले अभिनय गर्नुभएको छ । यसै चलचित्रमार्फत निश्चल खड्का र गरिमा शर्माले अभिनयको शुरुवात गर्दै हुनुहुन्छ ।  

चलचित्रमा प्रदीप भारद्वाजले लेखन, अभेद परवले छायाङ्कन, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरले सङ्गीत, सजु चन्द्रनले सम्पादन, सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत सिर्जना गर्नुभएको छ । चलचित्रको एबी इन्टरनेसनल, गौतम प्रोडक्सन र अर्चिड भेस फिल्सम् लिमिटेडले संयुक्त रुपमा निर्माण गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै