+

कुवेतमा अन्तर्राष्ट्रिय युवा फोटोग्राफी प्रदर्शनी शुरु

काठमाडौँ । कुवेतको हवाली गभर्नरेटमा सोमबारदेखि अन्तर्राष्ट्रिय युवा फोटोग्राफी प्रदर्शनी शुरु भएको छ । कुवेत चाइना कल्चरल सेन्टर र कुवेत सोसाइटी फर फोटोग्राफी आर्ट्सले ७० फोटोग्राफिक कार्य प्रदर्शन गर्ने ‘संयुक्त भिजन साझा भविष्य’ ले सहआयोजना गर्दैछन् ।
               
कुवेत चाइना कल्चरल सेन्टरले बेल्ट एण्ड रोड साझेदार देशहरूसहित धेरै देशका युवा फोटोग्राफद्वारा ५० पुरस्कार–विजेता फोटोहरू उपलब्ध गराएको छ । कुवेत सोसाइटी फर फोटोग्राफी आर्ट्सले १६ युवा कुवेती फोटोग्राफरद्वारा २० शीर्ष फोटोग्राफिक कार्य प्रस्तुत गरकोे छ । यसले देशका शहर, प्रकृति, समाज र अन्य दृष्टिकोण देखाएको छ । 
               
कुवेत चाइना कल्चरल सेन्टरका निर्देशक सिया जियानफेङले प्रदर्शनी चीन र कुवेतबीचको सांस्कृतिक आदानप्रदानको अर्को प्रमाण भएको र यसले दुई देशका जनताबीच आपसी समझदारी बढाउन मद्दत गर्ने बताउनुभयो । कुवेत सोसाइटी फर फोटोग्राफी आर्ट्सका अध्यक्ष सुआद अल–हमारले यी कामले चीन र कुवेतका युवा फोटोग्राफरको जीवन शक्तिलाई प्रतिबिम्बित गर्दछ भन्नुभयो ।
                 
फोटोग्राफी प्रदर्शनी जेठ २२ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै