+

चीनद्वारा भारी वर्षाका लागि पहेँलो चेतावनी जारी

काठमाडौँ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले सोमबार उच्च वर्षा र आँधीको अनुमान सहित पहेंँलो चेतावनी नवीकरण गरेको छ । 
 
सोमबारदेखि मङ्गलबारसम्म भारी वर्षा र आँधीबेहरीले चोङकिङ, गुइझोउ, याङ्जी नदीको दक्षिण र दक्षिण चीनका भागमा असर गर्ने पूर्वानुमान गरिएको केन्द्रले जनाएको छ । मौसम विज्ञान केन्द्रका अनुसार हुनान, जियाङ्सी, फुजियान, गुआङ्सी र गुआङ्डोङका केही क्षेत्रमा एक सयदेखि दुई सय मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ ।

स्थानीय सरकारलाई सम्भावित खतरनाक बाहिरी बिजुली आपूर्ति कटौती गर्न र खुला क्षेत्रमा बाहिरी सञ्चालन स्थगित गर्न आग्रह गरिएको छ । केन्द्रले हरी क्षेत्र र कृषि भूमिमा आवश्यक जल निकासी उपाय अपनाउन पनि सुझाव दिएको छ ।  

चीनमा चार–स्तरीय, रङ–कोडित मौसमी चेतावनी प्रणाली प्रचलनमा छ । यसमा रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ, त्यसपछि क्रमशः सुन्तला, पहेँलो र नीलो  चेतावनी जारी गरिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै