काठमाडौँ । गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी(ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई आज चार विकेटले पराजित गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशीले प्रस्तुत गरेको एक सय ५६ रनको लक्ष्य गण्डकीले १९ दशमवल पाँच ओभरमा छ विकेट गुमाउँदै पूरा गर्यो ।
गण्डकीका लागि दिनेश बुढामगरले सर्वाधिक ३३ रनको योगदान दिए भने ईश्वर क्षेत्रीले २५ रन बनाए । त्यस्तै अर्जुन कुमालले २४, अर्जुन रायमाझीले अविजित २३, कप्तान विपिन खत्रीले अविजित १८, दीपक डुम्रेले १८ र अमृत गुरुङले १२ रन बनाए ।
कोशीका लागि प्रकाश कार्कीले दुई विकेट लिए भने श्रवण यादव, दीपेश कँडेल, ज्ञानेन्द्र श्रेष्ठ र श्रवण किस्कुले समान एक, एक विकेट लिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५५ रनको योगफल बनाएको थियो । कोशीका लागि सोनु अन्सारीले ४४, मिनाश थापाले ४३, कप्तान अङ्कित सुवेदीले ३२, श्रवण यादवले अविजित २१ तथा दीपेश कँडेलले १० रन बनाएका थिए ।
गण्डकीका लागि सुवास भण्डारीले तीन तथा विपिन खत्री र अमृत गुरुङले समान एक एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘सवारी लाइसेन्स’ समस्या छिटो समाधान गनुहोस् : प्रधानमन्त्री
- जनकपुरमा पेस्तोल देखाएर सहकारीको कर्मचारीबाट ८० लाख लुटियो
- एकीकृत समाजवादीको बैठक सर्यो
- स्वतन्त्र प्रेसले लोकतन्त्र सुदृढ: राष्ट्रपति
- नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल
- सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने
- एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
- बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो
- जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता
- गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत