+

एकीकृत समाजवादीको बैठक सर्‍यो

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सारेको छ । 

एकीकृत समाजवादीले वैशाख २६ गतेको लागि तय गरेको स्थायी समिति बैठक २९ गतेका लागि सारेको हो । समाजवादीले आसन्न महाधिवेशनबारे छलफल र निर्णय गर्न स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाएको हो ।  नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको १० औँ महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँ हुँदैछ । त्यसको लागि छलफल गर्न तीन वटै कमिटीको बैठक राखिएको हो । 

एकीकृत समाजवादी उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले आन्तरिक तयारी नपुगेको कारण  स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक केही दिनलाई सारिएको जानकारी दिनुभएको छ । प्रवक्ता खतिवडाका अनुसार यसअघि वैशाख २७ गतेको लागि तोकिएको पोलिटब्यूरो बैठक ३० गते मात्रै हुनेछ । यसअघि वैशाख २८ र २९ गते गर्ने भनिएको केन्द्रीय कमिटी बैठक वैशाख ३१ देखि जेठ १ गतेसम्मको लागि धकेलिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै