+

जनकपुरमा पेस्तोल देखाएर सहकारीको कर्मचारीबाट ८० लाख लुटियो

धनुषा । जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट आज दिउँसो ८० लाख रुपैयाँ लुटिएको छ । 

शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर उल्लेखित रकम लुटिएको हो । महतोलाई पेस्तोल देखाएर ३ जनाले  ८० लाख रुपैयाँ लुटेको  धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन आबाले जानकारी दिनुभएको छ ।

प्रहरी नायव उपरीक्षक आबाका अनुसार जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्फ जाँदैगर्दा जनकपुरधाम उपमहानगरपालिका १९ मा महतोका साथमा रहेको रकम लुटिएको हो । घटनाबारे जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर लुटेराको खोजी गरिरहेको उहाँले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै