+

प्लाष्टिक झोलामुक्त बनाउन कार्यविधि पारित

तनहुँ ।  व्यास नगरपालिकाले ‘प्लाष्टिकमुक्त अभियान सम्बन्धि कार्यविधि’ २०८१ पारित गरेको छ ।  

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको नगरकार्यपालिका बैठकले आगामी जेठ १ गतेदेखि नगरलाई प्लाष्टिक झोलामुक्त बनाउने अभियान उद्देश्यसहित कार्यविधि पारित गरिएको प्रवक्ता जीवन गुरुङले जानकारी  दिनुभयो । उहाँले अभियानलाई कार्यान्वयन गर्न चौधवटै वडा कार्यालयमा परिपत्रसमेत गरिएको बताउनुभयो ।  

नगरपालिकाभित्र सबै प्रकारका प्लाष्टिक झोला प्रयोगमा पूर्णरूपमा निषेध गर्ने निर्णय भएकाले सामान खरीदगर्दा कपडा, फाइबर, जुट वा कागजको झोलामात्र प्रयोग गर्न नगरपालिकाले नगरबासीलाई आग्रह गरेको छ । साथै व्यापारी, व्यवसायीलाई समेत प्लाष्टिकको सट्टा वैकल्पिक झोला बिक्रिवितरण गर्न अनुरोध गरिएको छ । 

नगर उपप्रमुख इन्दिरा दरैले प्लाष्टिक झोलामुक्त व्यास नगर अभियान सफल बनाउने दायित्व सबै नगरबासीको भएकाले सबैले सूचनाको पालना गर्ने विश्वास व्यक्त गर्नुभयो । नियमानुसार नगरिए प्लाष्टिक झोला जफत गरी नियमअनुसार जरिवाना गर्ने व्यवस्था रहेकाले अभियानलाई सफल बनाउन सबै तह र तप्काबाट सक्रिय असहभागिता हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । 

त्यसैगरी बैठकले व्यास नगरपालिका–५ स्थित मानहुकोट पर्यटकीय क्षेत्रमा घर निर्माणसम्बन्धि मापदण्ड तोकी घर निर्माण प्रक्रिया खुला गर्ने र मानहुकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजनाको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै