काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोपूर्व सुरक्षा गार्डले आत्महत्या गरेका छन् । सशस्त्र द्वन्कालमा माओवादी सेनाको कमान्डर समेत रहेका तुलासिंह भुल ‘जटिल’ले भारतको महाराष्ट्रस्थित उरन शहरमा आत्महत्या गरेका हु्न् ।
अछामको पञ्चदेवल विनायक नगरपालिकाको लयाटी स्थायी घर भएका ४५ वर्षीय जटिल रोजगारीको सिलसिलामा उरन शहरमा थिए । जटिलले शनिबार राति आफ्नै कोठामा आत्महत्या गरेको पारिवारिक स्रोतले बताएको छ ।
जटिल सशस्त्र द्वन्कालमा माओवादी सेनाको सतौँ डिभिजन अन्तरगत लोकेश स्मृति ब्रिगेड अन्तरगतको दुई नम्बर बटालियन सहकमान्डर थिए । उनी माओवादी १० वर्षे सशस्त्र युद्ध बाट विश्राम लिएर शान्ति प्रक्रियामा आइसकेपछि करिब एक वर्ष प्रचण्डको सुरक्षा गार्ड बसेका थिए ।
शान्ति प्रक्रियापछि माओवादी सेनाको उचित व्यवस्थापन नगरेकोमा उनी नेतृत्वप्रति असन्तुष्ट थिए । पारिवारिक स्रोतका अनुसार करिब एक वर्ष अघि जटिलका छोरा कमलको भारतमा सवारी दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि उनीमा मानसिक स्वास्थ्य समस्या देखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर