वासिङ्टन । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुने सिलसिलामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्नु भएको छ ।
मन्त्री पुनलाई अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा दूतावासका उपप्रमुख कुमार खरेल लगायत दूतावासका उच्च अधिकारीले स्वागत गर्नुभयो । भ्रमण दलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, त्यही महाशाखाका उपसचिव कञ्चन बस्नेतलगायत हुनुहुन्छ ।
यहाँ रहँदा अर्थमन्त्री पुनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन तथा अन्तर्राष्ट्रिय वित्त निगमका वरिष्ठ अधिकारीका साथै अमेरिका चेम्बर अफ कमर्सका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
मन्त्री पुनले जलवायु परिवर्तनको प्रभावले जोखिममा परेका मुलुकको मन्त्रीस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर