काठमाडौंँ । साहित्यकार रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशनमा आएको छ । लघुकथामा आफ्नो परिचय बनाइसक्नुभएका समीरको प्रस्तुत ५६ अध्याय रहेको कृति ‘मृत्युको आयु’ र ‘कोरोनातन्त्र’ जस्तै लघुकथा शैलीमा लेखिएको छ ।
अकल्पनीय रूपमा अर्बपति भएको एक नेता पैसाले खुसी, इज्जत, भोक, निद्रा, भावना, मुस्कान, आँसुजस्ता अभौतिक वस्तु किन्ने दौडमा रहन्छ र उसको मानसिकता विचलनमा आउँछ । सँगै राजनीति गरेको सुदामाको आदर्श जीवनलाई पनि उपन्यासका हरेक कथामा संँगसँंगै बुनिएको छ ।
शिखा बुक्सले प्रकाशन गरेको कृतिमा पैसाको महत्त्व मात्र नभई सीमितताबारे मार्मिक ढङ्बाट प्रस्तुत गरिएको छ । विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकताको विकासले मानव सभ्यतामाथि के कस्तो प्रभाव पार्न सक्छ र अत्यधिक पैसाले जीवनमा के कस्ता दुष्प्रभाव पार्छ भन्ने कोणबाट उपन्यास लेखिएको छ ।
चिकित्सा क्षेत्रमा डा रवीन्द्र पाण्डे नामले चिनिनुभएका र युवा वर्ष मोती, उत्तम शान्ति, पद्मश्री र अनेसास पुरस्कार, नेपाल विद्याभूषण पदकलगायत तीन दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार–सम्मान प्राप्त गर्नुभएका समीरका यसअघि ‘अर्जुनदृष्टि’, ‘ईश्वरका कथा’, ‘अणु र पहाड’, ‘ग्रेटवालको ग्रेट अनुभूति’, ‘भूकम्पमा मल्हमपट्टी’, ‘एकलव्य दृष्टि’ लगायत १४ साहित्यिक कृति प्रकाशन भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अमलेखगञ्ज–लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए