काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले यस पटकको नुरगङ्गा राष्ट्रिय पुरस्कार लोकगायक राजु परियारलाई प्रदान गर्ने भएको छ । गुठीको हालै सम्पन्न साधारणसभाले एक लाख रुपैयाँको ‘नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार’ लोकगायक राजु परियारलाई प्रदान गर्ने निर्णय गरेको हो ।
गुठीले लोकगायन, साहित्य, बाल साहित्य र नवप्रतिभा लगायतलाई मिलाएर हरेक वर्ष एक विद्यामा राष्ट्रिय र अन्य विद्यामा क्षेत्रीय साहित्य तथा नवप्रतिभा लगायतका पुरस्कार प्रदान गर्दै आएको छ । यही प्रकृया अनुसार यस पटक नुरगङ्गा राष्ट्रिय पुरस्कार लोकगायक परिवारलाई दिइने भएको हो । लमजुङमा जन्मिएर ३ दशकदेखि गायनमा सक्रिय परिवारको अहिलेसम्म करिब १५ हजार गीत रेकर्ड भइरहेका छन् । गुठीले ३० हजार राशिको क्षेत्रीय साहित्य पुरस्कार पाल्पाका साहित्यकार रामबहादुर पहाडीलाई प्रदान गर्ने भएको छ । गुठीले २५ हजार रुपैयाँको राष्ट्रिय नवप्रतिभा बाल साहित्य पुरस्कार मोरङका सोइना दाहाललाई दिने निर्णय गरेको छ । २० हजार राशिको क्षेत्रीय नवप्रतिभा गायन पुरस्कार अर्घाखाँचीका कुशल बेलवासेलाई प्रदान गरिने भएको छ ।
पुरस्कार आगामी जेठ ११ गते प्रदान गरिने गुठीका सदस्यसचिव यज्ञप्रसाद शर्मा पोखरेलले जानकारी दिनुभएको छ । गुठीले ३० वर्षदेखि कला साहित्य संस्कृतिका क्षेत्रमा सक्रिय सर्जकलाई पुरस्कृत गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बागमतीको नीति तथा कार्यक्रम जेठ १४ गते आउने
- अमलेखगञ्ज–लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते