काठमाडौँ । चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम बङ्गलादेशमा ल्याएको छ ।
यसले मोबाइल प्रविधिको आविष्कारमा महत्त्वपूर्ण फड्को मारेको छ । सोमबार जारी गरिएको विज्ञप्तिमार्फत टेक्नोले प्राविधिक क्षमताहरूलाई अगाडि बढाउन र प्रयोगकर्ता अनुभव अभिवृद्धि गर्ने आफ्नो प्रतिवद्धतालाई सुदृढ गर्दै नयाँ थपका साथ एआई क्षेत्रमा पाइला चालेको बताएको छ । टेक्नोको एआई नवाचारको केन्द्रमा यसको स्मार्टफोन लाइनअप, ‘टेक्नो स्पार्क २० प्रो प्लस’ मा सबैभन्दा नयाँ थपिएको छ ।
फोन अब बङ्गलादेशको बजारमा उपलब्ध भएको छ । यसले उपभोक्तालाई अत्याधुनिक प्रविधिको पहुँच र परिष्कृत मोबाइल अनुभवहरू प्रदान गर्नेछ । टेक्नोका इन्जिनियरिङका निर्देशक जुड यूले कम्पनीले एआई–सञ्चालित इकोसिस्टमले विश्वव्यापी स्तरमा मोबाइल अनुभवमा क्रान्ति ल्याउने तयारी गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर