काठमाडौँ । शमी साहित्य प्रतिष्ठानले ‘शमी साहित्य साधना सम्मान’ बाट विभिन्न साधकलाई प्रत्येक वर्ष १ लाख एक हजार १ सय १ रुपैयाँको पुरस्कारसहित सम्मान प्रदान गर्दै आएको छ । प्रतिष्ठानले तीन वर्षदेखि विभिन्न साधकलाई पुरस्कार प्रदान गर्दै आएको हो ।
प्रतिष्ठानले संयुक्तरुपमा २०७८ का लागि कृष्ण गौतम र राप्रउ पोखरेल, २०७९ का लागि ज्ञान उदास र रामबाबु घिमिरे तथा २०८० का लागि प्रेमविनोद नन्दन र कृष्णप्रसाद दाहाललाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षता र संरक्षक डोलिन्द्रप्रसाद शर्माको उपस्थितिमा सम्पन्न बैठकले सिफारिस समितिको सिफारिसका आधारमा प्रतिभा चयन गरेको जनाएको छ ।
प्रतिष्ठानले विसं २०६७ देखि वरिष्ठ र ओझेलमा परेका साधकलाई सम्मान दिँदै आएकामा प्राविधिक कारण गत वर्षमा वितरण हुन नसकेको जनाएको छ । तीनै वर्षका लागि साधक सिफारिस गर्न प्रा डा कृष्णहरि बरालको संयोजकत्वमा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ र डा नवराज लम्साल रहेको चयन समिति गठन गरिएको थियो ।
प्रतिष्ठानले कक्षा १२ मा लैङ्गिक समता विषयमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई २० हजार रुपैयाँको समता लैङ्गिक अध्ययन पुरस्कार पनि प्रदान गर्दै आएको छ । पछिल्ला तीन वर्षका लागि क्रमशः आशा अधिकारी, मनिता गुरुङ र राजु जिसीलाई सो पुरस्कार प्रदान गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको वार्षिक नजिताअनुसार उहाँहरुलाई पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर