+

वेदान्तका प्रखरवक्ता रिसाललाई पाणिनी पुरस्कार

काठमाडौँ । विश्व हिन्दू महासङ्घले वेदान्तका प्रखरवक्ता एवं प्राध्यापक शिवगोपाल रिसाललाई विसं २०८० को पाणिनी पुरस्कार प्रदान गरेको छ । 

महासङ्घको ४४औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा सांसद पशुपतिशम्शेर जबराले रिसाललाई २५ हजार रुपैयाँको पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभएको छ ।

त्यस अवसरमा ५० हजार रुपैयाँको ‘भरतकेशर सिंह विश्व हिन्दू अन्तर्राष्ट्रिय’ पुरस्कार महन्थ सुरेन्द्रनाथ अवधूतलाई प्रदान गरियो । कार्यक्रममा नीना भेटुवाल, सोभित उप्रेती र  लक्ष्मण सापकोटालाई ‘विश्व हिन्दू सेवा रत्न’ सम्मान प्रदान गरिएको छ । 

मुलुकको कला, धर्म, संस्कृति, भाषा, संस्कार, वेशभूषा तथा सनातन वैदिक उन्नयनमा विशिष्ट योगदान पुर्याउने प्राडा माधवप्रसाद भट्टराई, वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलगायत ११ जनालाई पनि समारोहमा सम्मान गरिएको छ ।

रामनवमीका अवसरमा आयोजित कार्यक्रममा जैन, शिख, बौद्ध धर्म गुरुले स्वस्ति वाचन गर्नाका साथै मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको तस्बिरमा माल्यार्पण गर्नुभयो । विसं २०३० मा स्थापित महासङ्घले विश्वभर रहेका वैदिक सनातन धर्मावलम्बीलाई एकाकार गरी विश्वशान्ति र सहअस्तित्व कायम गर्ने साझा संस्थाका रुपमा काम गर्दै आएको कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले जानकारी दिनुभएको छ।

त्यस अवसरमा महासङ्घद्वारा प्रकाशित ‘धम’ नामक स्मारिकको विमोचन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै