+

‘सत्याल द अनलाइन लर्निङ प्लेटफर्म’ सार्वजनिक

काठमाडौँ । सत्याल द अनलाइन लर्निङ प्लेटफर्मले आफ्नो नयाँ सेवा ‘सत्याल लर्निङ’  सार्वजनिक गरेको छ । 

तत्कालीन प्रकाशक अजयकुमार सत्यालले ३५ वर्षअघि स्थापना गरेको सत्याल पब्लिकेसनले सञ्चालनमा ल्याएको सत्याल लर्निङले नयाँ युगको डिजिटल शिक्षातर्फ आफूले विकास गरेको अनलाइन लर्निङ प्लेटफर्म सार्वजनिक गरेको हो ।

विसं २०७९ मा परीक्षणका लागि सार्वजनिक गरिएको वेबसाइट अपडेट गरी पुनःसार्वजनिक गरिएको प्रकाशनले जनाएको छ । विसं २०४१ मा सत्याल बुक्स सेन्टरका रूपमा स्थापित सत्याल प्रकाशनले शिक्षा क्षेत्रमा पहिलो निजी संस्थाका रूपमा शिक्षक तालिम परियोजना समेत चलाएको छ ।

प्लेटफर्मका अध्यक्ष तथा कार्यकारी अधिकृत आर्यन सत्यालले ‘सत्याल लर्निङ’  प्रविधिका माध्यमबाट शिक्षालाई अगाडि बढाउने आफूहरूको प्रतिबद्घताको प्रमाण भएको बताउनुभयो । तत्कालीन प्रकाशक अजयकुमारका सुपुत्र आर्यनका अनुसार उहाँका पिताले विराटगरबाट शिक्षा क्षेत्रमा आफ्नो यात्रा सुरु गर्नुभएको थियो ।  

उहाँले विद्यार्थीलाई उनीहरूको स्थान वा पृष्ठभूमि जस्तोसुकै भए पनि डिजिटल माध्यमबाट उच्च गुणस्तरको शैक्षिक स्रोत र समर्थनमा पहुँच प्रदान गर्ने प्रकाशनको लक्ष्य भएको जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै