+

‘दिल रोएको बेला’मा लक्ष्मणको संगीत

काठमाडौँ । संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको ‘दिल रोएको बेला’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियो अविदित फाउन्डेशनले सार्वजनिक गरेको हो ।

गीतमा प्रसिद्ध गायक स्वरुपराज आचार्य र अन्जु पन्तले स्वर दिएका छन् । नारायण रेग्मीको शब्द रहेको यस गीतको म्यूजिक भिडियोमा नायिका शिल्पा पोखरेल र मोडल अनुपजंग थापाले अभिनय गरेका छन् । 

म्यूजिक भिडियो ओएसआर डिजिटल मार्फत् सार्वजनिक गरिएको हो । यस गीतमा अशोक थापाको संगीत संयोजन, मनोज डंगोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको अविदित फाउन्डेशनका अध्यक्ष अनुपजंग थापा (विचित्र) ले बताए । नेपाली गीत, संगीत संरक्षण गर्ने उद्देश्यले यस फाउन्डेशन स्थापना गरिएको हो । फाउन्डेसन नेपाली गीत, संगीतको संरक्षण गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रिय छ । गीत संगीतबाट आएको आम्दानी फाउन्डेशन मार्फत् परोपकारी कार्यमा काम खर्च गर्दै आएको अध्यक्ष थापा बताउँछन् । 

लामो समयपछि मिठो गीत दर्शक श्रोतामा ल्याउन सफल भएकोमा गायक स्वरुपराज आचार्य, गायिका अन्जु पन्त संगीतकार लक्ष्मण पोखरेल गीतकार र नारायण रेग्मी खुशी भएको अध्यक्ष थापाले बताए । यस गीतको म्यूजिक भिडियो मुकेश हुमागाइले छायाङ्कन गरेका हुन् । यसमा राहुल बराइलीको कोरियोग्राफी, बिनोद बमको सम्पादन र कलर, सरगम गाहाको मेकअफ रहेको छ । चर्चित निर्देशक कृष्णदेव रुपाखेतीले सो म्यूजिक भिडियोको निर्देशन गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै