+

‘जून ओर्लेको रात’ बजारमा

पोखरा। युवा कवि सञ्जीव पौडेलको ‘जून ओर्लेको रात’ कविता सङ्ग्रह बजारमा आएको छ । पोखरामा रहेर विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील पौडेलको यो दोस्रो साहित्यिक कृति हो । यसअघि उहाँको २०७४ सालमा ‘यानी’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो ।

कविता संग्रहमा प्रकृति, संस्कृति, राजनीतिक एवम् सामाजिक विसङ्गति लगायत मानवीय संवेदनाका विविध पक्ष समेटिएका ५७ ओटा कविता प्रस्तुत गरिएको छ । समाजको विद्यमान विकृति विसङ्गतिलाई उल्लेख गर्दैै ‘जून ओर्लेको रात’ को ‘शिक्षा’ शीर्षकको कवितामा उहाँ भन्नुहुन्छ ।

“मेरो छोरो
सन्तुलित आहार पढ्छ किताबमा
र भान्छामा
असन्तुलित आहारा खान्छ ।
मेरी छोरी
पढ्छे शारीरिक व्यायाम
तर
सुत्छे घाम तन्नेरी भएसम्म ।।”


कविता, गीत, गजल, मुक्तक, निबन्ध, कथा लगायत साहित्यिक विधामा कलम चलाउने पौडेल समालोचनाका क्षेत्रमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । पोखरेली साहित्यको विकासका लागि सञ्चालित ‘पुछारसिटे’ अभियानका संयोजक समेत रहेका पौडेल नेपाली लेखक सङ्घ गण्डकी प्रदेशको महासचिव हुनुहुन्छ । 

पौडेलको यो कृति अम्बर पब्लिकेशन, नयाँदिल्लीले प्रकाशन गरेको हो । नेपालमा पुस्तकको वितरण व्यवस्थापन माया पब्लिकेसनले गरेको छ । कूल एक सय पाँच पृष्ठमा समेटिएको कृतिको मूल्य दुई सय ७५ रहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै