+

होलीमा पोखरामा ओडिसी नृत्य

पोखरा ।  भारतीय दूतावासको आयोजनामा फागुपूर्णिमा(होली) पर्वमा देशको पर्यटकीय राजधानी शहर पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्यसहितको एक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

भारतीय राजदूतावास सहित काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले संयुक्त आयोजनामा शनिबार साँझ  पोखराको बाराहीघाटमा पाँच सयभन्दा बढीको सहभागितामा ओडिसी नृत्य र नेपाली लोक नृत्य प्रस्तुत गर्दै साँस्कृतिक कार्यक्रम गरिएको हो ।

श्रीतकमला, सखी हे, दशावतार र वसन्त बहार ः वसन्तको रङ प्रस्तुत गर्दै भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भावभङ्गीमा ओडिसी नृत्य प्रस्तुत गरिएको हो । यसका साथै नोपली लाखे नृत्यसँगै लोक नृत्य प्रदर्शन गरियो । 

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय दुतावासका अधिकारी, गण्डकी प्रदेश सरकार र कास्कीस्थित स्थानीय सरकारका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले नेपाल र भारतबीच धेरै साँस्कृतिक समानता रहेको बताउनुभयो । उहाँले यस कार्यक्रमले दुई देशको विविधतालाई देखाउन मद्दत गरेको उल्लेख गर्नुभयो ।

भारतीय राजदूतावासका प्रथम सचिव  अविनाश सिंहले भारत र नेपालबीचको सदियौं पुरानो साँस्कृतिक सम्बन्ध बारे उल्लेख गर्दै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा स्वागत गर्नुभयो ।

काकली बोसको नेतृत्वमा रहेको ओडिसी नृत्य टोलीले गत चैत ९ गते  काठमाडौंमा आफ्नो पहिलो प्रस्तुती दिएको थियो । 

टोलीले चैत ११ गते लुम्बिनी, चैत १३ गते वीरञ्ज र चैत १४ गते धरानमा प्रस्तुति दिने कार्यक्रम रहेको भारतीय दूतावासले जनाएको छ । ओडिसी भारतको उडिसा प्राप्तको एक शास्त्रीय नृत्य हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै