+

कुवेतमा कारले ठक्कर दिँदा ३ जना नेपालीको मृत्यु

काठमाडौँ । कुवेतमा कारले ठक्कर दिँदा ३ जना नेपालीले जीवन गुमाएका छन् । कारकोे ठक्करबाट सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरले जीवन गुमाएका हुन् । 

कुवेतको पापाजोन कम्पनीमा कार्यरत  उनीहरुलाई महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजे कारले ठक्कर दिएको नेपाली राजदूतावासले जनाएको छ । नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमका अनुसार। मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शव नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल ठकुरीले बस चढ्न आउने क्रममा उनीहरुलाई कारले ठक्कर दिएको  जानकारी गराउनुभएको छ । 

महासंघ  अध्यक्ष ठकुरी अनुसार हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछान मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए । त्यही बेला तीनै जनालाई कारले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव पोष्टमार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै