+

‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ प्रदर्शनमा

काठमाडौँ ।  आजदेखि ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ को प्रदर्शन शुरु भएको छ । हिन्दू धर्मका सप्तऋषिमध्येका एक अगस्त्यको नामबाट जुराइएको शीर्षकमै रहेर तयार पारिएको चलचित्रमा लेखन तथा निर्देशक सौरभ चौधरीले गर्नुभएको छ । 

उहाँले चलचित्रका पात्रहरू अगस्त्य ऋषि झैँ शारीरिक र मानसिकरुपमा बलिया रहेको जानकारी दिनुभएको छ । ‘यो हाम्रो समाजको नभनिएको कथा हो’ निर्देशक चौधरीले भन्नुभयो– ‘मेरो प्रस्तुतिको शैली विदेशी चलचित्रको झैँ देखिए पनि यसको विषयवस्तुमा धेरै भिन्नता छ । हामीले समाजमा देखिरहेको तर पर्दामा नदेखेको कथा हो ।’

चलचित्रमा अभिनेता सौगात मल्लले निर्वाह गर्नुभएको भूमिका चर्चामा छ । उहाँले चलचित्रका लागि २० किलो तौल घटाएर फेरि बढाउनुभएको थियो ।

‘मलाई शारीरिकरुपमा तयार गर्न समस्या छैन’ अभिनेता मल्लले भन्नुभयो– ‘ 
मैले चार महिना अगाडि नै अन्य चलचित्रको छायाङ्कनमा खानपिनमा ध्यान दिए । तर मलाई मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पर्दामा ल्याउन गाह्रो भयो । त्यसका लागि त्यस्तै किसिमको पात्र खोजेर दिनचर्या नियालेर भूमिका निर्वाह गरे ।’

चलचित्रमा नाजिर हुसेन, प्रमोद अग्रहरि, रवीन्द्र झा, मलिका महत लगायत कलाकारले अभिनय गर्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै