काठमाडौँ । भीमदर्शन रोका स्मृति कोषले शिक्षा क्षेत्र तथा मानव सेवामा योगदान पुर्याउनुभएका दुई स्रष्टा र एक संस्थालाई सम्मानित गरेको छ ।
कोषद्वारा शुक्रबार आयोजित ‘सम्मान समर्पण समारोहमा’ बालकृष्ण भट्टराईलाई ‘आदर्श गुरु सम्मान’, वैकुण्ठनारायण सुवाललाई ‘भीमदर्शन रोका स्मृति सम्मान’ र नेपाल स्नेही काखलाई ‘भीमदर्शन रोका समाजसेवा सम्मान’ समर्पण गरेको हो ।
शिक्षाका क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै बालकृष्ण भट्टराई र वैकुण्ठनारायण सुवाललाई तथा मानसिक सन्तुलन गुमाएका अभिभावकविहीन विशेषतः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई स्याहार, उपचार एवं आश्रय प्रदान गर्ने नेपाल स्नेही काखलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । नेपाल स्नेही काख संस्थातर्फ अध्यक्ष श्रीनेहा पोखरेललाई प्रदान गरिएको छ ।
सिद्धार्थ वनस्थली इन्स्टिच्युटका पूर्वविद्यार्थीद्वारा आफ्ना गुरु भीमदर्शन रोकाको सम्मानमा स्थापित उक्त कोषले शिक्षा, साहित्य, कला, संस्कृति, समाज सेवालगायतका क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । भीमदर्शन रोका नेपाली आधुनिक मुक्तकका प्रवर्तक, लोकप्रिय कवि एवं आदर्श गुरु हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
- वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए
- कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
- पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर