+

आगामी फागुन २७ गते गायिका मेनुका पौडेलको लाइभ कन्सर्ट हुने

काठमाडौँ । इन्डियन आइडलमा दिएको प्रस्तुतिले चर्चा र प्रशंसाको शिखरमा पुग्नुभएकी गायिका मेनुका पौडेलको लाइभ कन्सर्ट आगामी फागुन २७ गते नेपालगन्ज रङ्गशालामा हुने भएको छ । 

अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ देखि नेपालगन्ज रङ्गशालामा हुने नेपाल कल्चर फेस्टिभलकै अवसर पारेर सो विशेष कन्सर्ट गर्न लागिएको हो । 

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले यो विशेष कार्यक्रमलाई ‘लेट्स सिङ विथ मेनुका’, ‘मेनुकासँगै गाऔँ’ नाम दिइएको बताउनुभयो । उहाँले गायिका मेनुकाको उपस्थितिले यस क्षेत्रका किशोरकिशोरीलाई पनि प्रोत्साहित गरोस् भन्ने मुख्य उद्देश्य रहेको बताउनुभयो । 

प्रमुख कार्यकारी शाहका अनुसार दृष्टिविहीन भएर पनि साङ्गीतिक क्षेत्रमा मेनुकाको लगाव र सफलताले सबैको ध्यान तानेको थियो । नेपाल आइडलमा भाग लिएपछि मेनुका नेपालीमाझ चिनिनुभएको थियो । भारतीय गायन रियालिटी सो ‘सारेगमप’ मा समेत भाग लिएकी पौडेलको चर्चा त्यति बेला चुलियो, जब उहाँले इन्डियन आइडलमा भाग लिएर आफ्नो स्वरको जादु देखाउनुभयो । 

इन्डियल आइडलको प्रस्तुतिले उहाँलाई विश्वभर चिनाएको जनाउँदै प्रमुख कार्यकारी शाहले इन्डियन आइडलकै क्रममा उहाँले भारतीय चलचित्र ‘सलार’ मा गीत रेकर्ड गराएर बलिउड फिल्म इन्डस्ट्रीमा ‘डेब्यु’ समेत गर्नुभएको बताउनुभयो । वाद्यवादन टिमसहित मेनुकाको ‘लाइभ’ प्रस्तुति हुने जनाइएको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै