+

योजना आयोगको टोली बैंककमा

काठमाडौँ । दिगो विकाससम्बन्धी एशिया प्यासिफिक फोरममा सहभागी हुन  नेपाली प्रतिनिधिमण्डल बैंकक प्रस्थान गरेको छ । 

फोरममा सहभागी हुन नेपाली प्रतिनिधिको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसहितको टोली थाइल्याण्डको राजधानी बैङ्कक प्रस्थान गरेको होे ।  प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा रामकुमार फुँयाल, सचिव डा तोयनारायण ज्ञवाली र सहसचिव महेश भट्टराई लगायत सहभागी हुनुहुन्छ । 

आजदेखि शुक्रबारसम्म बैङ्ककस्थित संयुक्त राष्ट्र सङ्घको सम्मेलन केन्द्रमा हुने  कार्यक्रममा दिगो विकासका लक्ष्यहरु १, २, १३, १६ र १७ को समीक्षा गरिने आयोगले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै